मकवानपुरका खेल पत्रकार बानियाँ सम्मानित

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १८:०३

मकवानपुर । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले गोल नेपाल डटकम मकवानपुरका संवाददाता विक्रमकुमार बानियाँलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले मकवानपुरे खेलकुदलाई पत्रकारितामार्फत विश्वसामु चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बानियाँलाई सम्मान गरेको हो ।

प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले आज एक कार्यक्रममा बानियाँलाई खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

युवा फुटबल खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण
प्रतिष्ठानले आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का युवा फुटबल खेलाडीहरुलाई खेलकुदका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ ।

संयोजक हेलिस मोक्तानले ९ नम्बर वडास्तरीय युवा क्लबका सचिव रन्जन पौडेललाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बल र ए डिभिजन फुटबल च्यासल युथ क्लबका टिम क्याप्टेन अमिर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

प्रतिष्ठानले हेटौँडा ९ मा वडास्तरीय खेलकुख प्रशिक्षण कार्यक्रम गर्ने समेत जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*