युएईमा लकडाउनका कारण समस्यामा परेकामध्ये पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए

तु खबर संवाददाता
२०७७ असार २९, सोमबार १३:२६
file photo

युएई । युएईमा कोरोनाका कारण समस्यामा परेकामध्ये पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा, अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेक अन्य दीर्घ रोगी, नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*