सरिता गिरीले पार्टीविरुद्ध दिइनन् सर्वोच्चमा रिट

तु खबर संवाददाता
२०७७ असार २८, आईतवार १८:३९

काठमाडौँ । तत्कालिन समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीले पार्टीविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी छन् ।

गिरीले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

नेपालको नयाँ राजनीति नक्साको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिएपनि उनले फिर्ता लिन मानेकी थिइनन् ।

पार्टीले जारी गरेको ह्वीप उल्लङ्घन गरेको भन्दै गिरीसँग स्पष्टीकरण मागेको थियो । तर, उनले पार्टीलाई जवाफ नदिएको भन्दै पार्टीले उनलाई केहीदिन अघिमात्रै पार्टीको साधारण सदस्य तथा संसद पदबाट बर्खास्त गरी कारबाही गर्ने निर्णय गरेको थियो ।

कारवाहीमा परेपछि आज उनले अदालतमा उनले रिट दाय गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*