सरिता गिरीलाई सांसदबाट हटाउन सिफारिस
काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ ।
पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पदबाट हटाउन सिफारिस गरेको हो ।
समाजवादी पार्टीले गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान गर्त ह्वीप जारी गरेको थियो । तर, सांसद गिरीले भने पार्टीले जारी गरेको ह्वीप अस्वीकार गर्दै संशोधानको पक्षमा मतदान गरेकी थिइनन् ।
पार्टीको मंगलबार बसेको बैठक गिरीलाई सांसद र पार्टीबाट हटाउन सिफारिस गरिएको हो ।
