संसद बैठकबाट बाहिरिएकी गिरिले भनिन् – जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भयो
मकवानपुर । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरिले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गर्नुपरेको बताएकी छिन् ।
सरकारले आधार नबनाइकन संविधान संसोधन गर्न लागेको उनले आरोप लगाइन् ।
उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।
समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको थियो ।
तर सांसद गिरिले भने पार्टीको निर्णय विपरीत प्रस्ताव अधि सारेकी थिइन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ ।
यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।
उनी अन्तत संसद बैठक नै छाडेर हिँडेकी छिन् ।
