सरिता गिरीलाई पार्टी र सांसदबाट बर्खास्त गर्ने तयारी
काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ । गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिररहेको स्रोतले बतायो ।
नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।
आजको बैठकले उनलाई कारबाही गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय लिँदैछ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।
