बागमती प्रदेश सभाको बैठक आज पनि जारी, विनियोजित विधेयकमाथि छलफल

तु खबर संवाददाता
२०७७ असार १८, बिहीबार १५:२९

मकवानपुर । बागमती प्रदेश सभाकोे बैठक आज बिहिबार पनि जारी छ । आज बस्ने प्रदेश सभाको बैठकमा विनियोजित विधेयक २०७७ माथि छलफल हुनेछ ।

बैठकमा प्रदेशसभाका सदस्यहरुले गरेको प्रश्नको प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विनियोजित विधेयक २०७७ सम्भवतः भोली असार १९ गते पारित हुने स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*