बागमती प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सोमबार दिउँसो ३ बजे सुरु भएको बैठक नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश सरकारको कोरोना नियन्त्रण तथा रोगथामको लागि खर्च भएको हिसाब सार्वजनिक गर्न माग गरेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।
सांसद बानियाँले मन्त्रालयहरुले कोरोनाको शीर्षकमा गरेको खर्च नसुहाउँदो भएको टिप्पणी गरेका छन् ।
