आज असार १५ गते : दहि च्युरा खाँदै, धान दिवस मनाइँदै

तु खबर संवाददाता
२०७७ असार १५, सोमबार १०:१७
file photo

मकवानपुर । आज असार १५ गते सोमबार देरभर धान दिवस मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि मनाउन थालेको राष्ट्रिय धान दिवस आज परेको हो । धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान राप्न सुरु गर्ने परम्परा छ ।

यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदैछ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*