बागमती प्रदेशमा २ हजार ४ सय ५० आईसोलेशन बेर्ड थपिदै, मकवानपुरको भागमा २ सय
मकवानपुर । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले प्रदेशमा २ हजारभन्दा बढी आइसोलेशन बेर्ड थप्ने भएको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा २ हजार ४ सय ५० वटा आइसोलेशन बेर्ड थप्ने निर्णय भएको हो ।
हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेर्ड तयारी अबस्थामा राखेको छ ।
समितीले दिएको जानकारी अनुसार १० प्रतिशत महिलाहरुको लागि उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५० /५० वटा आईसोलेशन बेड तयार गरीने छ ।
बागमती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा रु १६ करोड ३१ लाख ५१ हजार र संघीय शसर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।
