बकैया गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट : प्रज्ञा प्रतिष्ठान गठन गर्नेदेखि खरको छानामुक्त गाउँ बनाउनेसम्म ( हेर्नुहोस्, नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ )

तु खबर संवाददाता
२०७७ असार १०,बुधबार १६:५७

मकवानपुर । बकैया गाउँपालिकाको गाउँसभा आज सम्पन्न भएको छ । सभामा प्रस्तुत गरिएको आ.व २०७७/०७८ को नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ ।

साहित्यको उन्नयन र विकासका लागि केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेजस्तै गाउँपालिका स्तरमा गाउँ प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी कार्यक्रम तथा बजेटको आय व्यव विवरण सबैले देख्ने गरी सार्वजनिक स्थानमा टाँस गर्ने प्रस्ताव पनि गरिएको छ । खरको छानामुक्त गाउँपालिका निर्माणका लागि विपन्न वर्ग, द्वन्द्वपीडित, सहीद परिवार र सिमान्तकृत परिवारलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने प्रयोजनका लागि अनुदान व्यवस्था गरिएको प्रस्ताव समेत गरिएको छ ।

त्यसैगरी बकैया २ धियालमा रहेको यूरेनियम खानीको उत्खनन तथा परिक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वयन गरिने प्रस्ताव पनि नीति तथा कार्यक्रममा गरिएको छ । गाउँपालिकाभित्र अब निर्माण हुने घर संरचनालाई व्यवस्थित बनाउन भवन संहिता तथा भवन सम्बन्धी मापदंड प्रचलनमा ल्याउने तयारी पनि गाउँपालिकाको छ ।

उपाध्यक्ष सरला बोलखेले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सो सभामा आउँदो आर्थिक वर्षको लागि ६५ करोड १९ लाख ६९ हजारको बजेट प्रस्ताव गरिएको छ ।

हेर्नुहोस् पीडीएफमा बकैया गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट

आव २०७७।०७८ को नीति कार्यक्रम तथा बजेट

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*