दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले संसदीय समितिबाट राजिनामा दिएका छन् ।
मनाङेले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको काम नखेको भन्दै समितिबाट राजिनामा दिएका हुन् ।
‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ त्यसैले मैले पदबाट राजिनामा दिए, गुरुङले भने ।
समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए ।
उनले क्रसर र ठेक्कापट्टामा सबैको मिलेमतो देखेपछि कुनै अधिकार नभएको र ठाउँमा बसेर काम गर्न सकिँदैन त्यहाँ बस्नुको कुनै औचित्य नरहेको भन्दै समितिमा बस्न मन नलागेको बताए ।
