कालापानी क्षेत्रबाट भारतीय सैनिकको क्याम्प हटाउनुपर्छ – नारायणकाजी श्रेष्ठ

तु खबर संवाददाता
२०७७ असार ४, बिहीबार १३:२०
file-photo

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले कालापानी क्षेत्रबाट भारतीय सैनिकको क्याम्प हटाउनुपर्ने बताएका छन् ।

आज विहिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको छलफलमा सहभागि हुँदै नेता श्रेष्ठले कालापानी क्षेत्र नेपालकै भएको भन्दै उक्त भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता गराउनुपर्ने बताए ।

उनले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणासमेत राखे ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*