जनअपेक्षा अनुसारको बजेट भएन – रीता माझी

तु खबर संवाददाता
२०७७ असार २, मंगलवार १५:५१

मकवानपुर । बागमती प्रदेशको प्रदेश सभा सदस्य रीता माझिले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि सार्वजनिक गरेको बजेट समय सान्दर्भीक नभएको बताएकी छिन् ।

उनले प्रदेश सरकारले बजेट सार्वजनिक गर्दा आवश्यकताको आधारमा नगरेको बताईन् ।

अहिले कोरोनाको जोखिम नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा सरकारको विशेष ध्यान जानुपर्नेमा त्यसो नभएको उनको भनाई छ ।

उनले सामुदायीक विद्यालयहरु बन्द हुने अवस्था रहेको र नीजि विद्यालयहरुको मनोमानि हुने अवस्था देखिएकोले सरकारले यस विषयमा पनि ध्यान दिनु आवश्यक रहेको बताइन् ।

उनले सरकारले बजेट कार्यान्वयन गर्दा के–के उपलब्धी हुन्छ भन्ने आधार पनि प्रष्ट पार्नुपर्ने बताईन् ।

हिजो असार १ गते प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*