जनता भोकै मरिरहेका छन्, सरकार सांसदलाई पैसा बाँडीरहेको छ, यसरी आउने हो समाजवाद ? – रमेश पौडेल
मकवानपुर । बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेश पौडेलले प्रदेश सरकारले बिगतमा बोलेको कुरा स्मरण गर्नुपर्ने सुझाव व्यक्त गरेका छन् ।
प्रदेश सरकारले ३ बर्षभित्रमा प्यास्टिक मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेपनि आजसम्म यो लागू नभएको उनले बताए । त्यसैगरी विद्युतीय सवारी साधनमैत्री प्रदेश बनाइने कुरा पनि लागू गर्न प्रदेश सरकार असफल भएको उनले बताए ।
सरकारले प्रदेश सांसदहरुलाई ३ लाख पैसा बाँडेर समाजवाद नआउने उनले बताए ।
लकडाउनको अवधिमा जनता भोकै मरिरहेको वास्ता नगरी प्रदेश सरकारले सांसदलाई पैसा बाँडेको प्रति उनले चिन्ता व्यक्त गरे ।
उनले आक्रोशित हुँदै भने – सरकार साँसदलाई पैसा बाँडेर समाजवाद आउने हो ?, होइन भने नेकपाको सरकारले भनोस् समाजवादमा पुग्ने बाटो कुन हो ?
हिजो असार १ गते प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।
उक्त बजेटमध्ये चालू खर्चतर्फ रु २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत खर्चतर्फ रु २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजित गरिएको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको छ ।
