चित्लाङको बाख्रा फर्मको स्तरोन्नती गरिने, हेटौँडा औधोगिक क्षेत्रमा कृषि प्रयोगशाला निर्माण गरिने
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक बर्ष ०७७/७८ को बजेट सार्वजनिक गरिरहेका छन् ।
मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहेको बाख्रा फर्मको विकास गरी मकवानपुरलगायत छिमेकी जिल्लाहरुलाई पशुपालनमा आत्मनिर्भर बनाउन आवश्यक बजेट विनियोजन गरीएको उनले जानकारी दिए ।
हेटौँडा औधोगिक क्षेत्रमा विभिन्न प्रयोगशाला निर्माण गरीने छ । तरकारीको भण्डारका लागि भण्डारण कक्ष र तरकारी बजार निर्माण तथा व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरीएको उनले जानकारी दिए ।
मकवानपुरका चेपाङका लागि विभिन्न अवसरको सिर्जना गर्न आवश्यक बजेट विनियोजन गरीएको उनले जानकारी दिए ।
