शक्तिको आडमा चलेको सेवा प्रदायक संस्था

एम.डि न्यौपाने
२०७७ जेष्ठ २६,सोमबार १२:३२

समयसंगै मानिसहरुको आचरण पनि परिवर्तन भइरहेको छ । जसरी समय परिवर्तन हुँदै गइरहेको छ सोही अनुसार मानिसहरु पनि परिवर्तन हुँदै गइरहेका छन् ।

पछिल्लो घटना क्रमले मानिसहरुमा पहिले जस्तो आचरण नभएको प्रष्ट देख्न सकिन्छ । अहिले मानिसहरु स्वार्थी भएका छन् ।

समय र भाग्यले साथ पाएकाहरु माथी माथी सफलताको उचाइमा छन् भने कम भाग्यमानी र समय परिस्थितिको साथ नपाएकाहरु पछि पारिएका छन् ।

यस्तै परिवर्तन समाज सेवामा सदैव लागिपरीरहेको एउटा अन्तराष्ट्रिय संस्थामा पनि देख्न सकिन्छ । हालै मात्र सो संस्थाले नयाँ नेतृत्व पाएको छ । सो नेतृत्वमा पनि विविध व्यक्तिहरुको स्वार्थका लागि नेतृत्व लागि परेको देखिन्थ्यो । नवगठित नेतृत्वले पुर्णता नपाउर्द सो नेतृत्वको एक क्षेत्रका सबै पदाधिकारीले सामुहिकम राजिनामा नै पेश गरे । यो सब चलिरहदा सो अन्तराष्ट्रिय समाजिक संस्थाको अभिभावक संस्थाले कुनै आपत्ति समेत जनाएन । जबकी गलतलाई साथ सहयोग गर्नु आफैमा गलत हो ।

हाल सो संस्थामा चलिरहेको क्रियाकलापलाई माछा, पोखरी र शक्तिसंग यसरी तुलना गर्न सकिन्छ ।

माछा, पोखरी र शक्ति

पछि परेका र पारिएकाहरुको सहायताका लागि सेवा पोखरी खनिएको छ । करिब १र२ सय वर्ष इतिहास बोकेको सो पोखरिले बिस्तारै विश्वभरी अफ्नो सेवा विस्तार गर्दै गइरहेको छ । ठूलो क्षेत्र ओगट्दै गएको बेला पोखरीले सेवा दिदा समय कम हुन थल्यो ।

सोही अवस्थालाई ध्यानमा राखेर ६४९६५ बर्ष अगाडि पोखरीले आफ्नो सेवा विस्तारका लागि शाखाको सुरुवात गर्यो । पोखरीको विस्तारसंगै पोखरीमा माछाहरुको गतिविधि बड्न थाल्यो।

केही माछाहरुलाई शक्तिको भोक बढ्दै गयो र आकाश छुने रहर जाग्न थाल्यो । माच्छाहरु आफ्नो आकार बढाउन तर्फ तल्लिन रहे । सोही क्रममा माछाहरु फोहोर खान थाले ।

अस्वस्थ व्यवहार बड्न थाल्यो माछा मोटाए र साना माछाहरुलाइ निल्न थाले । ठुला ठुला रोगी माछाहरुले समूह नै बनाए र शक्ति प्रदर्शन तर्फ लागे ।

शक्तिको मातले रोग ग्रस्त भएका माछाहरुलाई ठुलो माउ पोखरीका रक्षकले बल्छी हालेर निकल्न निवेदन दिए । उल्टौ केही रक्षक नै भक्ष्यक भए र स्वस्थ र साना माछाहरुलाइ जाली लागएर निकालेर फाल्न थाले ।

ती रोगी र कुहिन लागेका माछाहरुबाट पोखरी फोहर हुन दिनु भन्दा भएका साना माछाहरुले ती भोगी र ढोङ्गी माछाहरुलाइ ठुगेर सखाप पार्न पर्ने देखिन्छ नत्र जसरी एउटा चम्किलो माछालाई निल्ने र ताल बाहिर फल्ने प्रयास गरियो भोलि अरु माछामा चमक बड्ना साथ यहि हालत गर्छन ।

हाल तिलोतमा नगरपालिका–११, रुपन्देहीका स्थायीवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*