मकवानपुरका ४ जना गाँजा ओसार्दै गरेको अवस्थामा रौतहटमा पक्राउ
रौतहट । ईलाका प्रहरी कार्यालय देवही गोनाही रौतहटले लागुऔषध गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक मेदनी प्रसाद साहको नेतृत्व टोलीले चोकजाँच गर्ने क्रममा आज बिहान देवाही गोनाही नगरपालिका वडा नं. ८ गोनाही चोकमा मकवानपुर घर भएका ती चार जनाबाट २० केजी आगुऔषध गाँजा बरामद भएको हो ।
बा. ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा बोकिरहेका हेटौंडा उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष १८ को सागर लामा, अंकित लामा, हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बस्ने निरज लामा र कैलाश गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २८ को विशाल लामा पक्राउ परेका हुन् ।
उनीहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाइने भएको छ ।
