हेटौँडाकी ५४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार २०:५५

मकवानपुर । मकवानपुरकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ३ घर भएकी ५४ बर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ३ ठेगाना उल्लेख भएको एक महिलामा कोरोना पोजेटिभ देखिएको उल्लेख छ । ती महिला कति समयदेखि कहाँ बसिरहेकी छिन्, अहिले कहाँ छिन् भन्ने बारे केही खुलाइएको छैन ।

हेर्नुहोस्, मन्त्रालयले जारी गरेको विज्ञप्ती


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*