इजरायलका लागि चिनियाँ राजदूत मृत फेला

एजेन्सी
२०७७ जेष्ठ ४,आईतवार १४:३५

इजरायल । इजरायलमा चिनियाँ राजदूत डु वेइको निधन भएको छ । राजधानी तेल अभीभस्थित आफ्नै निवासमा राजदूत वेइ मृत फेला परेका हुन् ।

इजरायली मिडियाका अनुसार ५८ वर्षीय डुलाई उनकै शयन कक्षमा मृत पाइएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

गत फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*