कोरोना अपडेट– कतारमा संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुग्यो
काठमाडौं । कतारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपालीको संख्या २ हजार नाघेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कतारमा शनिबार साँझसम्म २ हजार ३ सय नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
कतारमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ३१ जना पुगेको छ ।
कतारमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ४९ निको भएका छन् ।
