कोरोनाको कारण भारतमा एकैदिन ११६ जनाको ज्यान गयो
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एकै दिनमा १ सय जना भन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार, भारतमा एकैदिन एक सय १६ जनाले ज्यान गुमाएका हुन् ।
योसँगै भारतका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १ सय १ जना पुगेको छ ।
त्यस्तै भारतमा एकै दिन ३ हजार १ सय १३ जना संक्रमित फेला परेका छन् । योसँगै भारतामा संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ।
भारतमा हालसम्म १९ हजार ३ सय १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
