कोरोनाबारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको गोली हानी हत्या

एजेन्सी
२०७७ बैशाख २५, बिहीबार १४:३५
file photo

कोरोना भाइरस (कोभिड–१९) बारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या भएको छ ।
अमेरिकाको पेन्सिलभानियामा गोली हानी हत्या भएको हो ।

पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक ३७ वर्षीया विंग लिउको उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित घरमा नै मृत भेटिएको हो । उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानिएको पाइएको छ ।

अनुसन्धान अधिकारीहरुले आफ्नै कारमा मृत भेटिएका ४६ वर्षीय एक व्यक्तिले लिउको हत्या गरेको र आफ्नो कारमा फर्किएर आत्महत्या गरेको बताएका छन् ।

अनुसन्धान अधिकारी सार्जेन्ट ब्रियान कोहलेपले उनीहरुले एक अर्कालाई चिन्न भएपनि लिउ चिनियाँ भएकै कारण हत्या गरेकोबारेमा पनि प्रष्ट भइनसकेको बताएका छन् ।

विश्वविद्यालयले शोक व्यक्त गर्दै लिउको हत्याको अनुसन्धान गर्न माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*