कोरोना अपडेट– भारतमा एकैदिन थपिए २ हजार ९ सय नयाँ संक्रमित
भारतमा एकै दिनमा २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार, भारतमा मंगलबार मात्रै २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन भने १ सय २७ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ।
त्यस्तै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ जना पुगेको छ ।
निको भएर घर फर्किनेको संख्या १४ हजार १ सय ४२ पुगेको छ।
