यी हुन् कोरोना संक्रमणबाट हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको देश
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण यतिखेर विश्वमा नै त्रास फैलिरहेको छ । यसका कारण कतिले त ज्यान गुमाइसकेका छन् । तर, यी २६ देशमा भने कोरोना संक्रमितको संख्या बढेपनि हालसम्म कुनै पनि व्यक्तिको ज्यान गएको छैन ।
यी हुन् ती २६ देश ।
–नेपालमा ८२ जना संक्रमित भएका छन्। १६ जना निको भएर घर फर्किसकेका छन्।
–भुटान ७ जना संक्रमित छन्। ५ जना निको भएका छन्।
–पपुवा न्युगिनीमा ८ जना संक्रमित भएका थिए। उनीहरु सबैजना निको भइसकेका छन्।
–साउथ सुडानमा ५२ जना संक्रमित छन्। उनीहरुको उपचार भइरहेको छ।
–मकाउमा ४५ जना संक्रमित भएका थिए। यीमध्ये ३९ जना निको भएर घर फर्किसकेका छन्।
–मंगोलियामा ४१ जना संक्रमित भएका मध्ये १३ जना निको भएका छन्।
–लाओसमा १९ जना संक्रमित भएका मध्ये ९ जना निको भएका छन्।
–फिजीमा १८ जना संक्रमित भएका मध्ये १४ जना निको भएका छन्।
–फारो आइसल्याण्ड एक सय ८७ जना संक्रमित भएका छन्। १ सय ८५ जना निको भएका छन्।
–मेडागास्कारमा १ सय ४९ जना संक्रमित भएका छन्। ९९ सय जना निको भइसकेका छन्।
–जिब्राल्टारमा १ सय ४४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ सय ३३ जना निको भएका छन्।
–क्याम्बोडियामा १ सय २२ जना संक्रमित भएका छन्। १ सय २० जना निको भइसकेका छन्।
–युगाण्डामा ९७ जना संक्रमित भएका छन्। ५५ जना निको भएका छन्।
–सेन्ट्रल अफ्रिकन रिपब्लिकामा ८५ जना मानिस संक्रमित भएका छन्। १० जना निको भइसकेका छन् ।
–मोजाम्बिकमा ८० जना संक्रमित भएका छन्। १८ जना निको भएका छन्।
–फ्रेन्च पोलिनेसियामा ५८ जना संक्रमित भएका छन्। निको हुनेको संख्या ५३ पुगेको छ।
–इरिट्रियामा संक्रमितको संख्या ३९ पुगेका छन् भने २६ जना निको भएका छन्।
–टिमोरलेष्टमा २४ जना संक्रमित भएका छन्। २० जना निको भएका छन्।
–ग्रेनाडामा २१ जना संक्रमित भएका छन्। १३ जना निको भएका छन्।
–न्यू क्यालेडोनिया संक्रमितको संख्या १८ पुगेको छ भने १७ जना निको भइसकेका छन्।
–सेन्ट लुसियामा १८ जना संक्रमित भएकामध्ये १५ जना निको भएका छन्।
–सेन्ट भिन्सेन्ट ग्रेनाडाइन्समा संक्रमितको संख्या १७ रहेको छ भने ९ जना निको भएका छन्।
–डोमिनिकामा १६ जना मानिस संक्रमित भएका छन्। १३ जना निको भएर घर फर्किसकेका छन्।
–नामिबियामा १६ जना संक्रमित भएका छन् भने ८ जना निको भएको तथ्यांक छ।
–ग्रिनल्याण्डमा ११ जना संक्रमित भएका थिए भने सबैजना निको भएका छन्।
–भ्याटिकन सिटी ११ जना संक्रमित भएका छन् भने २ जना निको भका छन्।
