विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजारभन्दा बढी

तु खबर संवाददाता
२०७७ बैशाख २३, मंगलवार ०९:५१
file photo

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघेको छ।

नेपाली समय अनुसार मंगलबार बिहान ८ बजेसम्म विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ ।

मृत्यु हुनेहरुमा अमेरिकामा ६९ हजार ९ सय २१ जना, इटालीमा २९ हजार ७९, युकेमा २८ हजार ७ सय ३४, स्पेनमा २५ जार ४ सय २८, फ्रान्समा २५ हजार १ सय ६८ जना रहेका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३५ लाख ८२ हजार ४ सय ६९ पुगेको छ।

विश्वभर ११ लाख ६२ हजार ५ सय ३८ जना उपचारपछि निको भइसकेका छन्।

त्यस्तै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ । नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मंगलबार १ बालिकासहित थप ७ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।

जसमध्ये हालसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फकिएसकेका छन् । अन्यको संक्रमितको भने विभिन्न अस्पतालमा मृत्यु भइरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*