जेठको पहिलो सातासम्म बजेट अधिवेशन संचालन गर्न मुख्यमन्त्री पौडेलको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको आगामी बजेट अधिवेशन सुचारु गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री पौडेलले बजेट अधिवेशन सुचारु गर्न मौजुदासभागृहलाई सामाजिक दुरी कायम गरी प्राविधिक कक्षको व्यवस्थापनलाई सहजीकरण गर्न प्रदेश सचिवालयलाई आज निर्देशन दिएका हुन् ।
बागमती प्रदेशको सभागृह र विभिन्न समितिको कार्यकक्षको आज अनुगन गर्दै मुख्यमन्त्री पौडेलले आगामी जेष्ठको पहिलो सातासम्म बजेट अधिवेशन संचालनमा ल्याउन निर्देशन दिएका हुन् ।
सरकारले ल्याइने आगामी बजेट कृषि उत्पादन मुलक उर्जा उत्पादन उद्योगमैत्री, पर्यटन र राष्ट्रिय गौरबका आयोजनाहरुलाई उच्चप्राथमिकताका साथ कार्यान्वयन गर्ने उनले बताए ।
मुख्यमन्त्री पौडेलले आजै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।
