कोरोना अपडेट– संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ । २४ घण्टामा विश्वभर ८६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १० लाख १४ हजार ४ सय ९५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार २ सय ७५ पुगेको छ । संसारभर २४ घण्टामा ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।
