अपडेट– नेपालमा पछिल्लो २४ घन्टामा १६८२ जनाको कोरोना परीक्षण
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ ।
नमुना परीक्षण गराएकामध्ये कसैमा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको हो ।
योसँगै नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ । जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो।
प्रदेश १ मा ४ हजार ९ सय ८५ जना, प्रदेश २ मा ५ हजार ४ सय ५६जना, बागमतीमा ८ हजार ३ सय ६१ जना, गण्डकीमा ५ हजार ४ सय ११ जना, प्रदेश ५ मा ३ हजार ७ सय ९९ जना, कर्णालीमा ५ हजार ४ सय ३६ जना र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । अन्य ४१ संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा हाल क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना र आइसोलेशनमा ८० जना रहेका छन् ।
