युरोपेली संघद्वारा नेपाललाई करिब १० अर्ब सहयोग
काठमाडौं । युरोपेली संघले नेपाल सरकारलाई करिब १० अर्ब सहयोग गर्ने भएको छ ।
संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा नियन्त्रण गर्न नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।
सङ्घले यही २२ वैशाख कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।
नेपालमा कोरोनाको कारण हालसम्म कुनै पनि व्यक्ति मृत्यु भएको छैन् । नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५४ पुगेको । रौतहटका दुई पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएसँगै नेपालमा संक्रमित व्यक्तिको संख्या ५४ पुगेको हो । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
