क्वारेन्टाइनमा बसेकी युवतीमाथि बलात्कारको प्रयास
धनुषा । क्वारेन्टाइनमा बसेकी धनुषाकी एक युवतीमाथि बलात्कारको प्रयास भएको छ । उक्त घटना सार्वजनिक भएपछि प्रहरीले बलात्कारमा संलग्न भएको भन्दै एक युवकलाई पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा एक सातादेखि बस्दै आएकी २२ वर्षीया युवतीमाथि गएराती बलात्कार प्रयास भएको थियो ।
गएराती अन्दाजी ११ बजेतिर क्वारेन्टाइनमा विदेह नगरपालिकामा बस्ने एक महिलालाई सरसफाई कर्मचारी २८ वर्षीय सञ्जिव पासवानले बलात्कारको प्रयास गरेको महिलाले बयान आरोप लगाएकी छिन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
