२ वर्षकी बालिका करणी गरेको अभियोगमा मकवानपुरका गिरी पक्राउ

तु खबर संवाददाता
२०७७ मंसिर १९, शुक्रबार ११:४२

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा २ बर्षकी बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले तु खबरलाई जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा स्थानीय २० बर्षका हरिशरण गिरी रहेको प्रवक्ता रानाले जानकारी दिए ।

उनका अनुसार गएको १५ गते बालिकालाई गिरीले घरमा गएर चक्लेट दिने बहानामा करणी गरेको र करणी गर्दै गर्दा बालिकाको आमाले देखेको भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा बालिकाको आमाले जाहेरी दर्ता गराएकी छिन् ।

पक्राउ परेका गिरीलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*