थाहा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा यस्तो छ, आम्दानी र खर्चको विवरण

तु खबर संवाददाता
२०७६ चैत्र २७, बिहीबार ०८:०५

मकवानपुर २७ चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ४३ लाख ३४ हजार ६ सय १३ रुपैँया नगद जम्मा भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले तु खबरलाई दिएको जानकारी अनुसार जम्मा भएको आम्दानीबाट ३७ लाख ६७ हजार ७ सय ९२ रुपैँया खर्च भइसकेको छ । भने कोषमा ५ लाख ६६ हजार ८ सय २१ रुपैँया बाँकी छ ।

नगरपालिकाका मेयर लबसेर विष्टले विभिन्न संघसंस्थाबाट खाद्यान्न र स्वास्थ्यसामाग्री पनि सहयोग प्राप्त भएको जानकारी दिनुभएको छ ।

हेर्नुहोस् विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*