अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोगडासहित लोहार पक्राउ
पर्सा, २३ चैत / वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी लोहारले ना.१६ प ५११५ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उक्त छोगडा सहित उहाँलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
