मकवानपुरको थाहा नगरमा २५ वेडको क्वारेन्टाइन तयारी अवस्थामा

तु खबर संवाददाता
२०७६ चैत्र २२, शनिबार २०:११

मकवानपुर २२ चैत । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिम्लाई मध्येनजर गर्दै सतर्कता अपनाएको छ ।

नगरपालिकाले वडा नम्वर ६ मा क्वारेन्टाइन स्थापना गरी संचालनको लागि तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।
उक्त क्वारेन्टाइनमा १ जना चिकित्सक, २ जना नर्श, ३ जना अनमीसहित जम्मा ६ जना जनशक्ति तयारी अवस्थामा रहेकोसमेत नगरपालिकाले जानकारी दिएको छ ।

उक्त क्वारेन्टाइन कक्षमा हाइकेयर रुम ५ वटा, क्वारेन्टाइन रुम २० वटा, तयारी अवस्थामा रहेको नगरपालिकाका मेयर लवसेर विष्टले जानकारी दिनुभयो । उहाँको अनुसार उक्त क्वारेन्टाइनमा हालसम्म विरामी भने राखिएको छैन ।

नगरभित्र विदेशबाट आउनुभएकाहरुको विवरण संकलन गरी उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

नगरभित्रका जेष्ठ नागरीकहरुको पनि स्वास्थ्य परीक्षण भइरहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*