मेगा बैंकद्वारा मुख्यमन्त्रीलाई ५ लाख हस्तान्तरण
हेटौंडा,२१ चैत / बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देबकोटाले बताउनुभयो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको रकमले प्रदेश स्तरमा थोरै भएपनि सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।
