थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

मकवानपुर १६ चैत । सरकारले लकडाउनको अवधी ८ दिन लम्बाएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
तर मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले ७ दिन लकडाउन गर्ने निर्णय गरेको थियो । उक्त लकडाउनको समय १८ गते विहान ६ बजे सकिनेछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।