पेट्रोलको मूल्य २ रुपैयाँ मात्रै घट्नुको कारण यस्तो रहेछ

२०७६ चैत्र ३,सोमबार २०:१२

हेटौंडा, ३ चैत्र । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाल आयल निगमले भने पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा दुई रुपैयाँ मात्रै घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएपनि यहाँ दुई रुपैयाँ मात्रै घटाएको हो । ‘आधार मूल्य (खुद्रा बिक्री मूल्य)को आधारमा समायोजन गर्दा २ रुपैयाँ मात्रै घट्यो,’ निगमका एक अधिकारीले भन्नु भयो, ‘स्वचालित मूल्य प्रणालीमा २ प्रतिशत मात्रै समायोजन गर्ने अधिकार छ । जसले गर्दा बढी खेल्न सकेनौं ।’

निगमले हवाई इन्धन आन्तरिकतर्फ भने साढे ४ रुपैयाँ घटाएको जनाएको छ । हवाई इन्धनको हकमा प्रणाली छैन। निगम व्यवस्थापनबाटै उक्त मूल्य घटाएको हो। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ भने मूल्य यथावत नै राखेको छ।

नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूची अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल–मट्टितेलको ९५ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*