पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य यथावत

२०७६ चैत्र ३,सोमबार १९:४७

हेटौंडा, ३ चैत्र । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १०६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसाले घटाइ प्रति लिटर ९० कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै नेपाल आयल निगमले नेपालमा पनि इन्धनको मूल्य घटाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*