पोर्चुगिज स्टार रोनाल्डो युभेन्टसमै रहने

२०७६ चैत्र ३,सोमबार १६:२९

एजेन्सी, ३ चैत्र । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सले थप दुई वर्ष क्लबमै राख्ने प्रयास गरेको छ ।

क्लबसँग २०२२ सम्मका लागि रोनाल्डोको सम्झौता रहे पनि अझै थप दुईको सम्झौता गर्ने प्रयास गरेको जनाइएको छ । क्लबले रोनाल्डोलाई ३९ वर्षको उमेरमा २०२३–२४ को सिजन खेल्दै इटालीमा अन्तिम सिजन बनाउन चाहेको बताएको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट चार वर्षका लागि युभेन्ट्स पुग्नु भएको थियो ।

युभेन्ट्सले १९९६ पछि हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसैले क्लबले रोनाल्डोलाई च्याम्पियनस लिगका लागि भए पनि थप दुई वर्ष युभेन्टसमै राख्न चाहेको बताएको छ ।

रोनाल्डोले जारी सिजनमा सिरी ‘ए’ का २२ खेलमा २१ गोल गर्नु भएको छ । उहाँले सबै खाले ३२ खेलमा २५ गोल गर्नु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*