हेटौँडामा माछ भात होटल सञ्चालनमा

तु खबर संवाददाता
२०७६ फाल्गुन २७, मंगलवार ११:५५

हेटौँडा, २७ फागुन । हेटौंडा १० मा माछ भात होटल सञ्चालनमा आएको छ । राजकुमार महतोले सञ्चालन गर्नुभएको माछ भात होटलमा विशेष रुपमा माछा र भात उपलब्ध छ ।

नेपालकै माछा, नेपाली चामल, विभिन्न ८ किसिमका अचार खानाको सेटमा पाइने महतोले बताउनुभयो । तराइमा परम्परागत रुपमा जसरी माछा पकाइन्थ्यो उसैगरी आफ्नो होटलमा पनि माछा पकाउने गरिएको उहाँले तु खबरलाई बताउनुभयो ।

फर्मालिन जस्ता औषधी प्रयोग नगरिएका माछा ल्याएर पकाउने गरिएकोले माछाको अग्र्यानिक स्वात पाइने महतोको भनाइछ ।

तिल र खुर्सानीको अचार, मूलाको अचार, अमलाको अचार जस्ता ८ किसिमका त अचारमात्रै खानामा उपलब्ध गराइने गरिएको छ । दिउँसो माछाका परिकारसहितको खाजाको व्यवस्था पनि होटलमा गरिएको छ ।

डिप पोलिस नगरिएको चामल खाँदा स्वास्थ्यमा निकै फाइदा हुने उल्लेख गर्दै महतोले सबै परिकार हाइजेनिक विषादीरहित रहेको समेत बताउनुभयो ।

क्रमशः सबै प्रदेशमा यस्तो होटल सञ्चालनमा ल्याउने लक्ष आफ्नो रहेको उहाँले बताउनुभयो । म विस्तार यसलाई सबैतिर बिस्तार गर्ने तयारीमा छु । बागमती प्रदेशको राजधानी हेटौँडाबाट अभियानको सुरुवात गरेको हुँ, उहाँले भन्नुभयो ।

सर्वसुलभ मुल्यमा राम्रो खाना खुवाउने आफ्नो योजना रहेको महतोले बताउनुभयो । कूल नाफाको दश प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने उहाँले बताउनुभयो ।

पब्लिक हेल्थमा स्नातकोत्तर महतोले तराइका बिभिन्न जिल्लाबाट माछा, चामल, तेल लगायतका सामग्री ल्याउने गरिएको बताउनुभयो ।

विशेष गरी भारतबाट भित्रिने फर्मालिनको प्रयोग भएको माछा पूर्णतः बन्देज गरिएको उहाँको भनाई छ । अत्याधिक विषादी प्रयोग गरिएको तरकारी खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले आफूले अग्र्यानिक खाना खाने होटल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*