क्रिस गेलसहितका स्टार खेलाडी आउने इपीएल क्रिकेट स्थगित

काठमाडौं, २२ फागुन । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता स्थगित भएको छ । चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो ।
तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको एपीएल प्रालीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि आज कुनै भेला, सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको थियो । साथै प्रशासनले रंगको पर्व होली मनाउन पनि निषेध गरेको थियो ।