ब्राजिलका स्टार रोनाल्डिन्हो नक्कली पासपोर्ट बोकेपछि पक्राउ

२०७६ फाल्गुन २२,बिहीबार १३:०८

एजेन्सी, २२ फागुन । ब्राजिलका भेट्रान फुटबलर रोनाल्डिन्हो नक्कली कागजात प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ पर्नु भएको छ । पाराग्वेको गृहमन्त्रालयका अनुसार, भाइ रोबर्टोसहित उहाँलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ ।

रोनाल्डोनो र रोबर्टो दुवैले पाराग्वेको राहदानी बोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँहरु बसेको होटलमा बुधबार राति छापा मारी प्रहरीले पक्राउ गरेको हो ।

रोनाल्डिन्हो एक क्यासिनो मालिकको निम्तोमा पाराग्वेमा आउनु भएको थियो । उहाँ त्यहाँ विभिन्न भेटघाटमा सहभागी हुने कार्यक्रम थियो ।

रोनाल्डिन्होसित अहिले ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा उहाँलाई वातावरणीय जरिवाना गरेसँगै उहाँको पासपोर्ट खोसिएको थियो । संरक्षित क्षेत्रमा फिसिङ ट्र्याप बनाएको विषयमा मुद्दा परेपछि अदालतले उहाँ र उहाँका भाइलाई दण्डित गरेको हो ।

सन् २०१८ को नोभेम्बरमा यी दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उहाँहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो ।

रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल जित्दा टिमका एक प्रमुख खेलाडी हुनुहुन्थ्यो । उहाँले व्यवसायिक फुटबल बार्सिलोनाबाट खेल्नु भएको थियो । पछिल्लो समयमा उहाँ आर्थिक संकटमा फस्नु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*