हेटौंडामा आफ्ना कार्यकर्ताको नारा देखेर कांग्रेस लज्जित, प्रवक्ता शर्माले माग्नुभयो क्षमा

तु खबर संवाददाता
२०७६ फाल्गुन २१, बुधबार २२:००

हेटौंडा, २१ फागुन । हेटौंडामा नेपाली कांग्रेसको भातृृ संगठन तरुण दल र नेवि संघले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामनाको सट्टा गलत प्रवृति देखाएको भन्दै नेपाली कांग्रेस लज्जित हुनु परेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले टवीट् गर्दै हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले गलत प्रवृति गरेको बताउनु भएको छ । प्रवक्ता शर्माले आफ्ना कार्यकर्ताको अराजक गतिविधिप्रति क्षमा माग्नु भएको छ ।

हेटौंडामा पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम मानवीय संवेदनाको पनि ख्याल नगरी ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छु’ भन्दै नारा लगाइएको थियो । हेटौंडामा पनि कांग्रेस कार्यकर्ताहरुको चर्को विरोध भएको छ ।

हेटौंडामा कार्यकर्ताको गलत प्रवृति र झापाको गौराहदका कार्यकर्ताको प्रशंसा प्रवक्ता शर्माले गर्नु भएको छ । शर्माले लेख्नु भएको छ ‘हेटौंडामा गलत प्रवृत्ति झापा गौरादहमा प्रशंसनीय संस्कृति, म क्षमा चाहन्छु केही विद्यार्थीले हेटौंडामा प्रस्तुत गरेको कृत्यप्रती अनि बधाई दिन्छु गौरादहलाई आलोचना गरौं तर सुसंस्कृत भाषामा समयको शंवेदनशीलताप्रति गम्भीर बनौं । प्रधानमन्त्री सबैका हुन् ,स्वास्थलाभ कामना गरौं ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*