नेपालसँग टि–२० क्रिकेटमा थाइल्यान्ड ९ विकेटले पराजित

तु खबर संवाददाता
२०७६ फाल्गुन २१,बुधबार १२:४८
तस्बिरः एसीसी

काठमाडौं, २१ फागुन । एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा लगातार दुई हार व्यहोरेको नेपालले पहिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको हो ।

नेपाल यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २२ र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।

थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट गुमाएर भट्टायो । नेपालका लागि ओपनर कुशल मल्लले १८ बलमा ३६ रन जोड्दा पवन सर्राफले १० बलमा २७ रन र ओपनिङमा आउनु भएका पारस खड्काले ९ रन बनाउनु भयो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। तुलनात्मक कमजोर ठानिएको थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिनु भयो ।

त्यस्तै अबिनाश बोहराले २ र सन्दीप लामिछानेले १ विकेट लिनु भयो । भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो । थाइल्यान्डका ३ ब्याट्सम्यान रन आउट हुनु भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*