व्यक्तिगत खर्चमा खेलाडी उत्पादन गर्ने हेटौंडाका लामालाई सहयोग

तु खबर संवाददाता
२०७६ फाल्गुन २१,बुधबार १०:१६

हेटौंडा, २१ फागुन । व्यक्तिगत खर्चमा खेलाडीको उत्पादन गर्ने हेटौंडाका भिम लामालाई आईएमई लाईफ ईन्सुरेन्स हेटौंडा वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटाले आर्थिक सहयोग गर्नुभएको छ ।

खेलाडी उत्पादन गरेको समाचार सार्वजनिक भएपछि एजेन्सी म्यानेजर सापकोटाले भिमको हिम्मत र साहशको कदर गर्दै उहाँको ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

मंगलबार हेटौंडाको हुप्राचौरमा भुटनदेबी कलबले आयोजनामा भएको दोश्रो हेटौडा भेट्रान्स कपको फाइनल खेलमा भिमलाई सापकोटाले रकम हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगरपालीकाका अधिकृत भिम तिमल्सीना, भुटनदेबी क्लबका अध्यक्ष सबिन मोक्तान, सुमन भोम्जन खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गीलगायतको सहभागिता रहेको थियो ।

आफ्नो व्यक्तिगत खर्चमा ६ वर्षदेखी खेलाडी उत्पादन गर्दै आउनुभएका भिमले हाल ३० जना खेलाडीहरुलाई प्रशिक्षण गराईरहनु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*