बजारमा अब ‘क्लासिक टेक प्रभु टिभी’, ९ सयमै इन्टरनेट र टिभी !

२०७६ फाल्गुन २०,मंगलवार १४:४३

हेटौंडा, २० फागुन । विगत दशवर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रालीले टिभी सेवा बजारमा ल्याएको छ ।

क्लाासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेर इन्टरनेटको साथै क्लासिक टेक प्रभु टिभीको नाममा टिभी सेवा ल्याएको हो । कम्पनीले ग्राहकहरुको लागि क्लाासिक टेक र प्रभु टिभीको सहकार्यमा विशेष स्कीम ‘आयो है आयो’ पनि बजारमा ल्याएको छ ।

क्लाासिक टेक र प्रभुको सहकार्यले गुणस्तरीय इन्टरनेट र टिभी सेवा माग गर्दै आइरहेका ग्राहकहरुलाई राहत मिल्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौंलगयातका अधिकांश सहरहरुमा उपलब्ध छन् ।

कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान प्रति महिना ९ सय रुपैयाँको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ । यसैगरी टिभीको सुविधा निःशुल्क प्रदान गर्ने जनाइएको छ ।

नेपालमा प्रति महिला ९ सय रुपैयाँमा इन्टरनेट र टिभी सेवा पहिलो पटक उपलब्ध गराइएको कम्पनीले दाबी गरेको छ । यो सुविधा सीमित समयको लागिमात्रै उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*