दोस्रो बकैया कप फुटबल बुधबारबाट सुरु
हेटौंडा, २० फागुन । मकवानपुरको बकैया गाउँपालिकामा भोली बुधबारबाट दोस्रो बकैया कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
सो प्रतियोगिता बकैया गाउँपालिकाको सहयोग एवम् गाउँ खेलकुद समन्वय समिति बकैयाको आयोजना हुने भएको हो ।
बकैया गनउँपालिका वडा नम्बर ४ स्थित जुरेली खेलकुद मैदानमा हुने प्रतियोगितामा १२ वटा टिमको सहभागी रहने आयोजकले जनाइएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद ५/५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् भने हरेक खेलको म्यान अफ दी म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिनेछ ।
