सन्दीप सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

तु खबर संवाददाता
२०७६ फाल्गुन १७,शनिबार १३:०४

काठमाडौं, १७ फागुन । सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नु भएको छ । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध उहाँले विकेट लिँदै सय विकेट पूरा गर्नु भएको छ ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह र खिजर हायात दुर्रानीको विकेट लिएर कीर्तिमानी बनाउनु भएको हो ।

उहाँले ७५ खेलमा १०१ विकेट लिनु भएको छ । उहाँले आफ्नो पहिलो ओभर मेडन राख्दै २ विकेट चढ्काउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*