सन्दीप लामिछानेलाई आयो यस्तो दुर्लभ अवसर

तु खबर संवाददाता
२०७६ फाल्गुन १४, बुधबार १२:५८
file-photo

काठमाडौं, १४ फागुन । विभिन्न देशमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा एकपछि अर्को उपलब्धि हासिल गर्दै आएका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महत्वपूर्ण अवसर पाउनु भएको छ ।

उहाँले अर्को महिना बंगलादेशमा आयोजना हुने विश्व—११ र एसिया—११ बीचको टीट्वेन्टी क्रिकेटमा सहभागिता जनाउनु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीं) को एसोसिएट्स सदस्य राष्ट्रबाट उक्त प्रतियोगिता खेल्ने अवसर पाउने सन्दीप एकमात्र खेलाडी हुनुहुन्छ।

उक्त प्रतियोगितामा १९ वर्षीय सन्दीप एसिया—११ का तर्फबाट खेल्नु हुनेछ । प्रतियोगिता बंगलादेशको राजधानी ढाकास्थित सेर ए बंगला रंगशालामा मार्च १८ र २१ तारिखमा हुनेछ। आईसीसीले पनि दुवै टीट्वेन्टी प्रतियोगितालाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ।

बंगलादेशका संस्थापक सेख मजिबुर रहमानको एक सयौं जन्मजयन्तीका अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। बीसीबीले मंगलबार घोषणा गरेको एसिया—११ टोलीमा भारतबाट सबैभन्दा बढी ६ खेलाडी परेका छन्।

एसिया—११ टोलीमा भारतबाट विराट कोहली, केएल राहुल, शिखर धवन, रिसभ पन्त, मोहम्मद सामी र कुलदीप यादव हुनुहुन्छ । राहुलले एक खेल खेल्ने बताइएको छ भने कोहलीले खेल्ने विषयमा टुंगो लाग्न बाँकी छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्णयपछि मात्र कोहलीका विषयमा टुंगो लाग्ने बताइएको छ। कोहली भारतीय टोलीका कप्तान हुनु हुन्छ ।

एसिया—११ टोलीमा बंगलादेशका लिटन दास, तामिम इकबाल, मुसफिकर रहिम र मुस्ताफिजुर रहमान, श्रीलंकाका थिसरा परेरा र लासिथ मालिंगा तथा अफगानिस्तानका रसिद खान र मजिब उर रहमान पनि छनोट हुनु भएको छ । सन्दीप सम्मिलित एसिया—११ टोलीले उक्त टीट्वेन्टी प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सम्मिलित विश्व—११ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्। भारतमा आयोजना हुने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) बाट उहाँले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो यात्रा प्रारम्भ गर्नु भएको थियो ।

छोटो समयमा नै उहाँले विश्वभरका थुप्रै फ्रेन्चाइज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गतिलो चर्चा बटुलिसक्नु भएको छ ।

विश्व—११ टोलीको पनि घोषणा

विश्व—११ टोलीको पनि घोषणा गरिएको छ। विश्व—११ टोलीमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस (कप्तान) र लुङ्गी निग्दी, इङ्ल्यान्डका एलेक्स हल्स, जोनी बेयरस्ट र अदिल रसिद, वेस्ट इन्डिजका क्रिस गेल, काइरन पोलार्ड, निकोलस पुरन र सेल्डन कट्रेल, न्युजिल्यान्डका रोस टेलर र मिचेल म्याकक्लिघन, अस्ट्रेलियाका एन्ड्र्यु टाई तथा जिम्बाबेका ब्रेन्डन टेलर रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*